काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सरेको हो ।
बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ ।
FACEBOOK COMMENTS