नेकपा एमालेमा गुटबन्दी अन्त्य हुनुपर्ने
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               9:45 pm, शनिबार, असार १४, २०८२  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
कैलाली । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताए । उनले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताए ।
सचिव भट्टले भने “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS