काठमाडौं । नेकपा (एमाले) का नेता कर्ण थापाले महासचिव शङ्कर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा झुटो गीत नगाउन आग्रह गरेका छन् ।
थापाले महासचिव पोखरेलले पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको र देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोलेको आरोप लगाएका छन् ।
नेता थापाले कठिनभन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएको र फेरि पनि सत्यकै पक्षमा उभिइने बताएका छन् ।
उनले भनेका छन्–
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको लगत्तैदेखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको वचनका लागि मात्रै प्रशंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकवच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टीहित र नीतिविरोधी व्यवहार हो ।
नेतृत्वलाई गुमराहमा राखेर सधैंभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु । कठिनभन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ । सम्पूर्ण एमाले पङ्क्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गालीगलौजमा नउत्रन निवेदन गर्दछु ।
FACEBOOK COMMENTS