काठमाडौं । नेकपा एमालेले राजधानीमा आज भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतीले मर्माहत बनेको बताएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले आज साँझ बिज्ञप्ति जारी गर्दै घटालाइ र घाइतेको ‘हृदयविदारक र दुःखद घटना’ भने । जेनजीले आज काठमाडौंमा आयोजना गरेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यू भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन । सो घटना निकै हृदयबिदारक र पीडादायी भएको एमालेले बताएको हो ।
‘आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले। हिंसात्मक रुप लिएपछि दजनौं व्यक्तिको मृत्यु भएको छ । ठुलो मात्रामा सरकारी सम्पती नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद घटना हो,’ एमाले प्रचार बिभाग प्रमुख गौतमले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । एमालेले घटनामा मृत्यूवरण गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो घटनामा मृत्युुवरण गर्नेहरु परिवारजनमा गहिरो समवेदना प्रकट पनि गरेको छ ।
‘हाम्रो पार्टी नेकपा एमाले आज भएको घटनामा मृत्युुवरण गर्नेहरु परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गर्दछ,’ एमालेले भनेको छ । एमालेले घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।
FACEBOOK COMMENTS