काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हो ।
अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो ।
यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।
FACEBOOK COMMENTS