काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मङ्सिरको अन्तिम साता हुने भएको छ ।
आज बसेको केन्द्रीय सचिवालयको बैठकले मङ्सिरको अन्तिममा पार्टीको महाधिवेशन हुने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । साथै स्थान र मितिको टुंगो केन्द्रीय कमिटीको बैठकबाट गर्ने ज्ञवालीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्दैछ ।
त्यस्तै एमालेले प्रतिनिधि सभाको विघटन असंबैधानिक र अलोकतान्त्रिक ठहर गरेको बताउँदै ज्ञवालीले असंबैधानिक र अलोकतान्त्रिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभालाई पुनर्स्थापना हुनुपर्ने निर्णय गरेको बताए ।
त्यस्तै निर्वाचनको कार्यादेश पाएको सरकार निर्वाचनको बाटोमा होइन निषेध र प्रतिशोधको बाटोमा हिडेको अनुभूत गरेको एमालेको निष्कर्ष रहेको उनले बताएका छन् ।
त्यस्तै एमालेको बैठकले राष्ट्रियता र लोकतन्त्रका पक्षधरलाई एक ठाउमा आउन आव्हान गरेको छ ।
FACEBOOK COMMENTS