काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक सकिएको छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमले पहिलो दिन ५० र दोस्रो दिन १३४ केन्द्रीय सदस्यहरुले धारणा राखेको बताए ।
धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले संबिधानको रक्षा र जनाधिकारको रक्षका लागि प्रतिनिधि सभाको पुनर्स्थापना गरेर जानु पर्दछ भन्ने धारणा राखेको गौतमले बताए । साथै लोकतान्त्रिक शक्तिलाई एक ठाउमा ल्याएर निर्णायक तहमा पुर्याउनुपर्ने धारणा केन्द्रीय सदस्यहरुले राखेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुले नेतृत्वको टुंगो महाधिवेशनबाट लगाउनुपर्ने र पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नहुने विचार पनि राखेका थिए ।
३६० सदस्यमध्ये दोस्रो दिनसम्म १८४ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेट भन्दा बढी समय आफ्नो धारणा राख्नुपर्ने भएमा लिखित रुपमा पेश गर्न भनिएको छ ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । एमालेको यो बैठक शुक्रबार सकिदैछ ।
FACEBOOK COMMENTS