काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले बुधबार दल दर्ता गराएको हो ।
संसद् पुनर्स्थापनाको माग कायमै राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको एमालेका एक नेताले बताए ।
हिजो मङ्गलबार एमालेको विघटित संसद्को संसदीय दलको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतम रिट दायर गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS