काठमाडौं । नेकपा (एमाले) ले आज प्रदर्शनसहित गर्न लागेको जनसभाका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
कार्यक्रमका लागि भेला हुने मानिसको सङ्ख्या बाक्लिएसँगै प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै एमालेले आज प्रदर्शन र जनसभा आयोजना गरेको हो । जनसझालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रmम छ ।
एमालेको कार्यत्रमाई मध्यनजर गर्दै काठमाडौंमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
FACEBOOK COMMENTS