काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् ।
कार्यतालिका अनुसार सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । आजै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ ।
विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाइयो

एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ । जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । त्यस्तै केन्द्रीय कमिटीको एक तिहाई स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो हुने निर्णय गरेको छ ।

गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टर:

एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :

१- पदाधिकारी (१९ )जना
अध्यक्ष: १
उपाध्यक्ष: ५
महासचिव: १
उपमहासचिव: ३
सचिव: ९ जना
२- प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
खुल्ला: ५
महिला: ३
युवा: १
३- खुल्ला कोटा (१२५ ) जना
खुल्ला : ७१
महिला : ५२
युवा: २
४ जनजाति / आदिवासी ( २५) जना
खुल्ला: १५
महिला: ८
युवा: २
५- मधेसी (१९) जना
खुल्ला : ११
महिला : ६
युवा : २
६- प्रवास (२) जना
भारत : १
अन्य देश : १
७- श्रमिक (३) जना
खुल्ला : २
महिला : १
८- अपाङ्गाता भएका ब्यक्ति (१) जना
खुल्ला : १
९- दलित (१२) जना
खुल्ला : ७
महिला : ४
युवा : १
१०- थारु (८) जना
खुल्ला : ५
महिला : ३
११- मुस्लिम (५) जना
खुल्ला : ४
महिला : १
१२- पिछडिएको क्षेत्र (२) जना
खुल्ला : १
महिला : १
१३- सम्पर्क समन्वय कमिटी (२) जना
खुल्ला: १
महिला: १
FACEBOOK COMMENTS