काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।
भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए । साँझ ७ बजेबाट मतदान हुने भनेर प्रतिनिधिहरू भोट हाल्न लाइन बसेका थिए । तर विद्युतिय भोटिङ मेसिनमा नम प्रविष्ट गर्न समय लागेको कारण मतदानमा ढिलाइ भएको थियो ।
चिसो बढ्दै गएको तथा रात समेत छिप्पिँदै गएपछि प्राविधिकरण कारण मतदान स्थगित भएको पोखरेलले जानकारी दिए । भोलि बिहान ८ बजेसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जानकारी निर्वाचन आयोगले दिएको पोखरेलले बताए ।
FACEBOOK COMMENTS