काठमाडौं । नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित गरेको छ ।
उपमहासचिव लेखराज भट्टले आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको समानुपातिक उम्मेदवारको सूची सुझावसहित पारित गरिएको जानकारी दिएका छन् ।
सोमबार पेश गर्नुपर्ने समानुपातिक सूची तयार अध्यक्ष ओलीले बैठकमा पेश गरेको र त्यसमा सचिवालय सदस्यहरुबाट आएका सुझावलाई समेटदै पारित गरिएको उनले बताए । भट्टले सोमबार समानुपातिक सुची दर्ता गर्ने निर्णय भएको उनले बताए ।
आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।
भट्टले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै उनीहरुको सहमति आपसी लेनदेनमा भएकोले कति समय टिक्छ त्यो हेर्नुपर्ने बताए ।


FACEBOOK COMMENTS