काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
एमालेले आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
बैठक राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनौट बारे केन्द्रित हुने बताइएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।
एमालेको राष्ट्रिसभा निर्वाचनमा कांग्रेस र नेकपासँग गठबन्धन गर्न छलफल पनि चलिरहेको छ ।


FACEBOOK COMMENTS