काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय युवा संघ, नेपालको कञ्चनपुरको जिल्ला अधिवेशनमा भएको घटनाका बारेमा थप छानबिन गर्न कार्यदल गठन गरेको छ ।
एमालेको सचिवालय बैठकले उक्त घटनाका बारेमा सत्यतथ्य बुझेर समस्या समाधान गर्नका लागि ‘समस्या समाधान कार्यदल गठन’ गरेको छ ।
कार्यदलको संयोजक उपाध्यक्ष युवराज ज्ञवाली रहेका छन् । सदस्यमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वाला साह रहेका छन् । कार्यदलले काम तत्काल सुरु गर्ने जनाइएको छ ।
FACEBOOK COMMENTS