दोलखा । नेकपा एमाले बिगु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले प्रवीण खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) को प्रमुख आतिथ्यतामा बिगु–५ चिलंखामा शनिबार सम्पन्न अधिवेशनले खड्काको नेतृत्वमा पाँच जना पदाधिकारीसहित ४५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा शेषनारायण श्रेष्ठ, सचिवमा विनोद तामाङ तथा उपसचिवमा धनकुमार थामी र यम कुमारी श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा सरिता थामी, हिरा थामी, सुमनसिंह तामाङ, लालबहादुर थामी, मानबहादुर विक, सुजन नेपाली, निलम थामी, प्रदीप कुमार कार्की, धनबहादुर थामी, दावा शेर्पा, इन्द्र कुमारी बुढाथोकी, पेमछिरी शेर्पा र यामबहादुर जीसी चयन भएका छन् ।
यसैगरी, वीरबहादुर नेपाली, रमिला विसुन्खे, पेमा शेर्पा, डोलबहादुर थामी, लिलामाया श्रेष्ठ, रामबहादुर तामाङ, सूर्यबहादुर शिवाकोटी, चावा गोले, मोहन विक, गंगा कुमारी विक, सरोज आचार्य, सानिमाया थामी, जिल्ला थामी, यज्ञबहादुर थामी र डिलबहादुर थामी चयन भएका छन् ।
त्यस्तै, कुमार थामी, लिला कुमार केसी, रमेश ओली, वेदबहादुर गिरी, राजकुमार तामाङ, विष्णु ठकुरी, रोशन ठकुरी, गोपिलाल तामाङ, छलिमाया तामाङ, पहलमान तामाङ, मिन बहादुर दियाली र कुमारी तामाङ पालिका सदस्य चयन भएका छन् ।
अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा जिल्ला इन्चार्ज कृष्ण भुजेल, जिल्ला कमिटी दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठस, जिल्ला किमटी सदस्य एवम् बिगु गाउँपालिका इञ्चार्ज अचुतम कटुवालसहित केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरूको उल्लेख्य सहभागिता थियो ।
अधिवेशनले समसामयिक र सार्वजनिक महत्वको १२ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।
FACEBOOK COMMENTS