काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ ।
बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरू भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरू भएको छ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।
पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS