काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूपछिको वरीयतामा रामबहादुर थापा ‘बादल’लाई राखेका छन् ।
पार्टीको ११औं महाधिवेशनपछि आज पहिलोपटक बसेको बैठकमा ओलीले आफूभन्दा पछाडिको वरीयतामा थापा रहनेगरी बसाइ व्यवस्थापन गरेको तस्बिरमा देखिएको छ ।
तस्बिर अनुसार बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका छन् भने त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त छन् ।
अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल बसेका छन् ।
FACEBOOK COMMENTS