काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी जति बलियो हुन्छ देशमा गणतन्त्र त्यति नै बलियो हुने दाबी गरेका छन् ।
एमालेको ११औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियताको पहरेदार भन्दै नेपालमा ८० वर्षको इतिहासमा देशभक्त पार्टीको पहिचान बनाएको बताए ।
ओलीले आफुहरु परिपूर्ण लोकतन्त्रको पक्षमा रहेको बताउदै राजनीति आम जनताको खुशीसँग सम्बन्धित हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अजय र अजम्बरी भएको बताउदै आफुहरु कमजोर भएमा राष्ट्रिय कमोजोर हुने दाबी गरे ।
FACEBOOK COMMENTS