काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल भएको घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनको राजीनामा माग भइरहेका बेला एमालेको बैठक बस्न लागेको हो ।
कांग्रेसभित्रैबाट समेत लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमालेले बैठकमा यसबारे छलफल गर्न सक्ने बताइन्छ ।
FACEBOOK COMMENTS