काठमाडौं । नेकपा एमालेले निलम्बन फुकुवा गरेपछि प्रतिक्रिया दिदै केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग स्पष्टीकरण खादा मज्जा आएको टिप्पणी गरेकी छन् ।
तिम्सिनाले सामाजिक सञ्जालमा लेख्दै बिन्दा पाण्डे जस्तै मानिसहरुका बिच उभिएर भाषण गर्न सक्ने हुन राजनीतिमा लागेको उल्लेख गर्दै एजेन्डा मिलेर सँगै स्पष्टीकरण खान पाएकोमा मज्जा आएको बताएकी हुन् ।
बुधबार एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको गरेको थियो ।
दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।
यस्तो छ उनको भनाइ–
राजनीतिले सिंगो मुलुको व्यवस्था सम्पुर्ण रुपमा रुपान्तरण गर्छ र गर्नुपर्छ । हाम्रो पार्टी नेकपा एमाले, अग्रज र सहकर्मी कमरेडहरु । नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायतका सम्पु्र्ण जनहरु र अनेरास्वबियु, क्रान्तिकारी र नेबिसंघ, नागरिक समाज लगायतका आदरणिय साथीहरु तपाँईहरु सबैले दिनुभएको चासो, भरोसा र हिम्मतलाई स– सम्मान आत्मसाथ गरेको छु ।
बाध्यता बस रोजगारीमा देश बाहिर रहनु भएका श्रमजिबी सम्पूर्ण महानुभावहरु, क्षमतानुसार अनेकौँ अवसरको खोजीमा रहर र बाध्यताले देश बाहिर छरिएर रहनु भएका आदरणीय व्यक्तित्वहरु यहाँहरुले ब्यक्त गर्नु भएको विश्वास कायम गरीरहन सकौँ ।
बिन्दा दिदी जस्तै मानिसहरुका बीच उभिएर कुरा गर्न सक्ने (भाषण गर्न) हुन म राजनीतिमा लागेको थिएँ, आदरणीय बिन्दा दिदी मेरो इच्छा भरमार पूरा गरेको छु, तपाइँनै एजेण्डा मिलेर सँगै स्पष्टीकरण खाने मेरो नेता हुन भएकोमा मज्जा लागेको छ ।
FACEBOOK COMMENTS