काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन एमाले केन्द्रीय कमिटीको बोलाइएको हो ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएका छन् ।
उक्त प्रतिवेदनमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय छुट्टाइएको छ ।
यसैगरी अलोकतान्त्रिक ढङ्गले अन्तरिम सरकारको गठन,असंवैधानिक ढङ्गले संसद्को विघटन र यसका असरका बारेमा पनि ओलीको प्रतिवेदनमा समेटिने नेताहरूको भनाइ छ ।
प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषय उल्लेख हुनेछन् ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ ।
नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने अपेक्षा केन्द्रीय सदस्यहरूको छ ।
FACEBOOK COMMENTS