काठमाडौं, असोज १५ । नेकपा एमालेको पहिलो विधान अधिवेशन सुरु भएको छ। ललितपुरको गोदावरीमा सुरु भएको सम्मेलनलाई नेपाली कम्युनिस्ट इतिहासमै पहिलो महाधिवेशन भनिएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा र एमालेको इतिहासमा पनि नीति निर्माण गर्न पहिलोपटक विधान महाधिवेशन सुरु भएको छ।’ एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशन स्थल पुगेका छन्। ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर विधान महाधिवेशन स्थल गोदावरी पुगाएका थिए।
महाधिवेशनमा देशैभरबाट गरी पाँच हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन्।
FACEBOOK COMMENTS