काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार भोलि ओली निवास गुन्डुमा बस्ने गरी बैठक बोलाएको एमालेको सचिवालय स्रोतले जनाकारी दिएको छ । सचिवालय बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।
बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलनपछि नेकपा एमालेको यो पहिलो बैठक हो । भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ।
FACEBOOK COMMENTS