काठमाडौँ। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते र भदौ ५ गते पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
त्यसपछि भदौं ७ र ८ गते केन्द्रीय कमिटी बैठकसुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्ने महासचिव भुसालले जानकारी दिएका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच घमासान देखिएको छ ।
दुवैले एक अर्काविरुद्ध विभिन्न आरोप लगाउदै पार्टी छोडेर जान सक्ने सम्मको अभिव्यक्ति दिएका छन् । दुवै नेताबीच पार्टीको रणनीतिक कार्ययोजनामै विवाद देखिएको छ ।
त्यस्तै पछिल्लो समय पार्टीमा समाहित भएका नेता वामदेव गौतमले पनि अहिलेसम्म भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्न शुरु गरिसकेका छन् ।
यस पृष्ठभूमिमा हुन लागेको एकीकृत समाजवादीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सबै बैठक ११ बजे सुरु हुने बताइएको छ ।
FACEBOOK COMMENTS