काडमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।
नेकपा एमालेबाट अलग भएका नेता नेपाल र जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले आज बुधबार निर्वाचन आयोगमा आ–आफ्नो पार्टी दर्ता गरेका छन् । योसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजित भएका छन् ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि दुईवटै पार्टी विभाजन गर्न सहज भएको थियो ।
अध्यादेश जारी भएलगत्तै नयाँ दल दर्ताका लागि निवेदन दिएका नेता नेपाल र ठाकुरले आज आ–आफ्नो पार्टी दर्ताको प्रमाणपत्र पाएका हुन् ।
FACEBOOK COMMENTS