काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीको पहिलो वार्षिक साधारण सभाबाट पारित भएबमोजिम सर्वसाधारणलाई छुट्टयाइएको आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
त्यसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतापत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप मान श्रेष्ठ तथा एनआईएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS