काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले बताएको छ । ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्राण्डको रूपमा स्थापित गरिसकेको छ ।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्टसको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्राण्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको छ, क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवासुविधामा कुनै समस्या हुने छैन ।
साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि–ल्याक्स चार्जिङको नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा रि–ल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारू भइसकेको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्टस र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियानअन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुइल्स् प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटेल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडेलहरू पनि प्रदर्शन गरिए ।
कार्यक्रममा ग्राहकहरूको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास देखियो, प्रतिक्रिया र सहभागिता उल्लेखनीय रूपमा रह्यो । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS