काठमाडौं । धेरै लामो प्रतिक्षापछि नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी सार्वजनिक गरिएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आज उक्त कार सार्वजनिक गरेको हो । यो कार भारतमा सार्वजनिक भइसकेको छ । नेपाली बजारमा क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ पर्ने छ । यो कारको मूल्य ५९ लाख ९६ हजार रुपैयाँसम्म पर्ने छ ।
क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर अप्सनमा उपलब्ध हुनेछ । ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिनेछ । १२६ किलोवाटको मोटरसँग ५१।४ किलोवाटको ब्याट्री हुनेछ । यसले ४७३ किमी रेन्ज दिनेछ ।
डीसी फास्ट चार्जरको माध्यमबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने छ। घरमा प्रयोग गरिने ११ किलोवाट एसी चार्जरले ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ४ घण्टा समय लाग्नेछ । यसमा १०.२५ इन्चको डुअल स्क्रीनः इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट्स, ३६० डिग्री क्यामेरा, र भीटूएल (भेइकल टू लोड) जस्ता सुविधा रहेको छ ।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । क्रेटा ईभीले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS