काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भएको छ ।
सोमबार कीर्तिपुरस्थित टियु पुगेको दर्शकहरु वर्षाका कारण दुई–दुई पटक खेल अवरुद्ध हुँदा पनि धैर्यतापूर्वक मैदानमै बसेका छन् । उनीहरु वर्षा कहिले रोकिन्छ र खेल सुरु हन्छ भन्दै बसी रहेका छन् ।
यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ । तर, दर्शकहरू छाता ओढेर खेल पर्खिरहेका छन् ।
वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छोडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।
बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षामै खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए ।
तस्बिरः क्यान अफिसयल
FACEBOOK COMMENTS