नयाँ दिल्ली । भारतको एक दिवसीय क्रिकेट टिमका कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् । बिराट कोहलीलाई कप्तानबाट बर्खास्त गर्दै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहितलाई कप्तान रोजेको हो ।
बिराटलाई सदाका लागि सिमित एकदिवसीय कप्तानबाट हटाइएको हो । यसअघि उनले टि २० टिमको कप्तानी आफैंले त्यागेका थिए । टि २० मा पनि रोहितलाई कप्तान बनाइएको छ । दक्षिण अफ्रिकाको भ्रमणका लागि भारतीय क्रिकेट बोर्डले सदस्यीय टिम घोषणा गरेको छ ।
घोषित एकदिवसीय टिमको कप्तान रोहितलाई तोकिएको छ भने टेस्ट टिमको कप्तानमा बिराटलाई यथावत राखिएको छ । दक्षिण अफ्रिकाविरुद्ध ३ टेस्टका लागि १८ सदस्यिय टिम घोषणा गरिएको छ, जसमा रोहित उपकप्तान छन् ।
दक्षिण अफ्रिकाविरुद्ध खेल्ने एक दिवसीय टिमको भने घोषणा गरिएको छैन ।
FACEBOOK COMMENTS