एसिया कप किक्रेट : पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               5:50 pm, बुधबार, भदौ १३, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               5:50 pm, बुधबार, भदौ १३, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् ।
यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् ।
आज नेपालले खेलको प्रारम्भमै राम्रो सुरुआत गरेको थियो । पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए ।
पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए । त्यतिबेला पाकिस्तानको कूल स्कोर २५ रन मात्र थियो ।
मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको थियो । आरिफ शेखले पाँचौँ ओभरको पाँचौँ बलमा इमाम उल हकको क्याच छोडेका थिए । केहीबेर अघिसम्म पाकिस्तानले ३२ दशमलव चार ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा एक सय ५६ रन बनाएको छ । नेपालका लागि करण केसी र सन्दिप लामिछानेले एकरएक विकेट लिएका छन् ।
–––
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS