काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई १७ रनले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १८१ रन मात्र बनाएको थियो ।
स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ५१ रन बनाए भने माइकल लिस्कले ४६ रन बनाएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्बाधिक ९० रन बनाएका थिए भने स्कट एडवर्डसले ३१ रन बनाएका थिए ।
यो जितपछि सिरिजमा नेदरल्याण्ड्सको ३ खेलमा २ जित र एक हारसहित ४ अङ्क भएको छ र शीर्ष स्थानमा छ । त्यस्तै, स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ ।
FACEBOOK COMMENTS