काठमाडौं । बंगलादेशले जारी टेस्ट खेलमा श्रीलंकालाई २९६ रनको लक्ष्य दिएको छ ।
टेस्टको पाँचौं दिन बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ६ विकेट गुमाउदै २८५ रन बनाएर पारी घोषणा गर्दै श्रीलंकालाई २९६ रनको लक्ष्य दिएको हो ।
बंगलादेशले पहिलो इनिंगमा १० रनको बढ्त लिएको थियो । बंगलादेशले पहिलो इनिंगमा ४९५ रन बनाएको थियो भने श्रीलंकाले पहिलो इनिंगमा ४८५ रन बनाएको थियो ।
अब टेस्टको अन्तिम दिन श्रीलंकाले कम्तिमा ३७ ओभर खेल्ने भएको छ । श्रीलंकाले जितका लागि ३७ ओभरमा २९६ रन बनाउनु पर्ने छ भने बंगलादेशले १० विकेट लिनुपर्ने छ ।
FACEBOOK COMMENTS