काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज भुटानविरुद्ध खेल्दैछ ।
यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै यस खेलमा भुटानले पहिला बलिङ गर्ने भएको छ ।
प्रतियोगितामा नेपाल शुरुका तीन खेलमा जित हासिल गरेर नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपाल ३ खेलमा ६ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यस समुहमा ३ खेलमा ६ अंकनै सहित सिंगापुर दोस्रो स्थानमा छ र सिंगापुर पनि सेमिफाइनलमा पुगिसकेको छ । यस समुहबाट जापान, इन्डोनेसिया र भुटान भने बाहिरिएका छन् । त्यस्तै समुह बी बाट मलेसिया र हङकङ चाइना सेमिफाइनलमा पुगिसकेका छन् भने थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स बाहिरिएका छन् ।
आज समुह चरणका अन्तिम खेल हुदैछन् र यी खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।
प्रतियोगिताको सेमिफाइनल खेल जुलाई ३ मा हुने छन् भने तेस्रो स्थान र फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS