काठमाडौं । नेपालले ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दै छ ।
नेपाल र ओमानविरुद्धको यो खेल नेपालीसमय अनुसार राति ८:४५ बजेदेखि सुरू हुनेछ ।
नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।
सुपर सिक्समा नेपालले पहिलो खेलमा यूएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो ।
त्यस्तै, ओमानले सुपर सिक्समा यूएई र कतारलाई नै पराजित गरेको छ । हाल अङ्कतालिकामा ओमान रनरेटको आधारमा शीर्ष स्थानमा छ । ओमानको ३ खेलमा ६ अङ्क छ भने १.०२४ रनरेट छ । त्यस्तै, नेपाल दोस्रो स्थानमा छ । नेपालको ३ खेलमा ६ अङ्क छ र रनरेट ०.३५७ छ ।
त्यस्तै सुपर सिक्समा यूएईको ३ खेलमा २ अङ्क छ भने जापानको २ खेलमा २ अङ्क छ । त्यसैगरी, सामाओ र कतार अङ्कविहीन छन् ।
नेपाल र ओमानबीच अहिलेसम्म आठ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने ओमानले ३ खेल जितेको छ । दुवै देशबीच पछिल्लो पटक २०२४ को अक्टोबरमा खेल भएको थियो, जुन खेल नेपालले ५६ रनले जितेको थियो ।
आजको खेल जित्ने देश विश्वकपका लागि छनोट हुनेछ । सुपर सिक्सका खेलपछि शीर्ष तीन स्थानमा रहने देश २०२६ मा भारतमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।
FACEBOOK COMMENTS