काठमाडौं। नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा बसन्त शाही ठकुरी नियुक्त भएका छन् । आज नेपाल क्रिकेट संघ क्यानले बसन्तलाई एसीसी यू १९ एसिया कपको लागि नियुक्त गरेको हो ।
ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आईबार सम्पन्न वाइवाइ यू १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।
त्यही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट समितीले २० सदस्यीय प्रारम्भिक टोली छनोट गरेको छ। अब यू १९ एसिय कपका लागि केही दिन भित्रै अन्तिम टोली छनोट गरिने छ ।
प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।