काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नागार्जुन नगरपालिका–७ रामकोटबाट पक्राउ गरेको हो ।
असईमा नाम निकालिदिने भन्दै पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको आरोप छ । घटनापछि फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालबात पुर्जी लिएको थियो ।
उनलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS