 
			                  			              
काठमाडौँ । सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् । ३ जना चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेका हुन् ।
धनकुटाको छथर जोरपाटी-२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए ।
पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएकी शीतल गुरूङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।
कानुनअनुसार २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न र गराउन पाउने व्यवस्था छ । किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
              
              
              
              		              
FACEBOOK COMMENTS