काठमाडौं । क्युवाको एक होटलमा भएको विष्पोटमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। क्युवाको मध्येहवानाको पाँचतारे होटलमा गएराति शक्तिशाली विष्पोट भएको हो। ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय संचार माध्यायमले जनाएका छन्।
क्युवाली स्वास्थ्य मन्त्रालयले विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ बताउँदै दुःख व्यक्त गरेको छ। अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा गर्दै २२ जनाको ज्यान गएको पुष्टि गरेका हुन् ।
साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।
विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS