पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) को समय बढाएको छ ।
आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज राति १२ बजेसम्मका लागि बढाएको जानकारी दिए ।
FACEBOOK COMMENTS