वीरगञ्ज । धार्मिक सद्भाव भड्किन नदिन वीरगञ्जमा जारी कर्फ्यू समय थप गरिएको छ ।
पर्साका सीडीओ भोला दाहालले थप आदेशमार्फत् साँझ ६ बजेसम्मका लागि कर्फ्यू समय बढाइएको हो ।
धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा सुरक्षा चुनौती बढेको छ । मुस्लिम र हिन्दू समुदाय एक–अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

FACEBOOK COMMENTS