काठमाडाैँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार असोज मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले समीक्षा अवधिमा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा रहेको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपियाँले बचतमा रहेको थियो । यसैगरी समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS