काठमाडौं । काठमाडौंको कपनमा ‘करेन्ट मार्ट’ को दोस्रो रिटेल आउटलेट सञ्चालनमा आएको छ। ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा लोकप्रिय ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र आफ्नो यो दोस्रो शाखा विस्तार गरेको हो।
कपनस्थित रिलायन्स कलेज नजिकै आजबाट यस नयाँ शाखाको औपचारिक सुरुवात गरिएको छ। यसअघि बानेश्वरको कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलता र ग्राहकको मागलाई ध्यानमा राख्दै यो नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ।
यस नयाँ आउटलेटको भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए।
उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ शाखा उद्घाटनको विशेष अवसरमा ग्राहकहरुका लागि मार्टमा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ।
नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन्।
यहाँ लोकप्रिय करेन्ट नुडल्स (चाउचाउ) का साथै विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स, करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसलाहरु (जिरा, धनिया र रातो खुर्सानी पाउडर) उपलब्ध रहेका छन्।
उद्घाटनका क्रममा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाहले बानेश्वर शाखामा ग्राहकले देखाएको मायाले गर्दा नै अन्य स्थानमा सेवा विस्तार गर्न उत्साह मिलेको बताए। सन् २०१७ मा स्थापित यशोदा फुड्सले गुणस्तरीय र स्वादिलो उत्पादनमार्फत छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले आफ्ना उत्पादनहरु नेपालभर र विश्वका २२ भन्दा बढी देशहरुमा निर्यात गर्दै नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

FACEBOOK COMMENTS