काठमाडौं । यशोदा फुड्स प्रालिले आफ्नो उत्पादन करेन्ट चाउचाउबारे अफवाह फैलाउनेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको बताएको छ ।
व्यक्तिगत स्वार्थ पूरा गर्न अनावश्यक दुःख दिने नियतले करेन्ट चाउचाउ र उत्पादक यशोदा फुड्सविरुद्ध कपोकल्पित समाचार लेख्ने र सामाजिक सञ्जालहरूमा प्रकाशन/प्रशारण गर्नेहरूविरुद्ध कारबाही गर्न उद्योगले प्रचलित साइबर कानुनलाई बनाएको बताएको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उद्योगले भनेको छ, ‘उद्योगलाई निहित स्वार्थ पूरा गर्न अनावश्यक दुःख दिने नियतले केही तत्वहरूले स्वार्थी तत्वहरूलाई प्रयोग गरी कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रशारण गर्नेहरूविरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुनबमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको व्यहोरा समेत सम्पूर्ण उपभोक्ता महानुभावहरूमा सादर अवगत गराउँदछौँ ।’
आप्mनो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाउँदै आएको स्पष्ट पार्दै यशोदा फुड्सले उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ताहरूको भावनामामाथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरूप्रति सचेत रहेको समेत स्पष्ट पारेको छ ।
‘उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाणबिना भ्रामक समाचार तयार गरी प्रशारण गर्नेहरूप्रति उद्योग सजग रहेको छ । हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरूपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ,’ उद्योगले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्ता मनोगत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग्य मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौँ ।’
देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपालीलाई रोजगारी दिएको, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सराकारलाई राजस्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरिरहेको उद्योगविरुद्ध अनावश्यक लाञ्छना लगाएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ ।
यशोदा फुड्सले विदेशी चाउचाउ पैठारीमा राज्यको अरबौँ रूपैयाँ विदेशिएको अवस्थामा आप्mनै देशमा नेपाली किसान दाजुभाई दिदिबहिनीहरूबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरू उत्पादन गर्दै आएको छ । फलस्वरूप ठूलो धनराशी विदेश जानबाट रोकिनाका साथै करिब एक हजार नेपालीले प्रत्यक्षय रोजगारी समेत पाएका छन् । साथै, सयौँ डिलर र बिक्रेतामार्फत अन्य हजारौं नेपालीले रोजगारी पाइरहेको कम्पनीको भनाइ छ ।
यशोदा फुड्सका उत्पादनहरू स्वदेश तथा भारत, जापान, युएई, बहराइन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा समेत निर्यात हुँदै आएको छ । यशोदा फुड्सका उत्पादनहरू प्रयोगशाला परीक्षण गराई सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको पनि कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा मात्रै यो उद्योगले ६० करोड नेपाली रूपैयाँ भन्दा बढीका आफ्ना उत्पादनको निर्यात गरी सो बराबरको विदेशी मुद्रा भित्र्याउन सफल भएको छ ।
‘गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो’ नाराका साथ रूपन्देहीको मधवलियामा उद्योग सञ्चालिन छ ।
FACEBOOK COMMENTS