काठमाडौं । सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने भएको छ। शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्न लागिएको हो।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।