काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताएका छन् ।
आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विशेषगरी तेस्रो मुलुकसँगको आयात–निर्यात कारोबार प्रक्रियालाई निजीक्षेत्रमैत्री बनाउँदै व्यापार प्रवर्द्धनमा सहयोगीको भूमिका निर्वाह गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गरे ।
राज्य संयन्त्रअन्तर्गतका समान कार्यप्रकृतिका विभिन्न संस्था तथा निकायलाई एकआपसमा गाभ्ने र असान्दर्भिक संस्थाहरूलाई खारेज गर्ने नीति सरकारको रहेको स्पष्ट गर्दै उनले परिवर्तित सन्दर्भमा व्यापार प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाई व्यापार–व्यवसाय विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।
गोदाम व्यवस्था कम्पनीका महाप्रबन्धक प्रेमराज भण्डारीले भारतको कोलकाता र हल्दिया पोर्ट तथा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, विराटनगर, काँकडभिट्टा, भैरहवा, तातोपानीरसिन्धुपाल्चोकलगायतका प्रमुख भन्सार विन्दुमा गोदाम घरको व्यवस्थासहित भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण गर्दैै आएको स्पष्ट गरे ।
FACEBOOK COMMENTS