अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई।।।’ सार्वजनिक भएको छ ।
मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ ।
अर्घाको दरबार जोडियो घरबार ।
सुपा देउराली माई रिमै सुनिमायालाई ।।
सपनी तिम्रै म पनि तिम्रै ।
हैनर पियारी, रिमै सुनिमायालाई ।।
ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल अर्घाखाँचीको सुपा देउराली, अर्घा दरबारलाई समेटेर अर्घाखाँचीसहितका आसपासका जिल्लामा गाइने लोक भाकामा गीत गाइएको छ । गीतको म्युजिक भिडियो सुपा देउराली र अर्घा भगवती मन्दिरलगायत विभिन्न पर्यटकीयस्थलमा छायाङ्कन गरिएको छ । गीतमा सुनितामी परियार र ईश्वर सिंहको स्वर छ । गीतलाई शिव हमालले लेख्नुभएको र सङ्गीत ईश्वर सिंहले दिइएको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गर्नुभएको छ भने गायिका सुनितामी परियार आफँैले मोडलिङ गरिएको छ । उहाँलाई विनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिइएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका—२ मा जन्मिएकी गायिका सुनितामीको यसअघि ‘माइती घर जाऊँ’, ‘मलाई घाइते पारेयोनी’, ‘निर जाले’, ‘सलल पानी’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
FACEBOOK COMMENTS