काठमाडौं । ट्रेडमार्क चोरी र साइबर अपराधको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । हलेसी डेकोरको ट्रेडमार्क चोरी तथा इमेलको दुरुपयोग गरेको आरोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की पक्राउ परेका प्रहरी प्रधान कार्यालयले बताएको छ ।
पहिले उनि हलेसी डेकोरकै सेयरधनी थिए । २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए ।
तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेलबाट फेसबुक र टिकटक एकाउन्ट सञ्चालन गरेको उजुरी परेको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS