काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले देउवासँगको भेटको तस्बीर सार्बजनिक गर्दै भेटमा सभापति देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको उल्लेख गरेका हुन् ।
भेटमा देउवाले युवाहरुको पार्टी र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।
उनले भनेका छन्– ’नेपाली काँग्रेसका सभापति, पुर्वप्रधानमन्त्री शेर वहादुर देउवाज्युसँग भेटघाट । आसन्न निर्वाचन र पार्टि महाधिवेशन वारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको वताउनु भयो ।
साथै उहाँले युवाहरुको पार्टि र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको समेत भेटघाटमा बताउनुभयो ।’

FACEBOOK COMMENTS