अध्यक्ष ओलीलाई दाहालको प्रश्नः फेरि संविधान मिच्न बहुमत चाहियो ?
कर्पोरट खबर
7:15 pm, बुधबार, कात्तिक २३, २०७९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् ।
बुधवार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “आर्थिक क्रान्तिका लागि अहिलेको गठबन्धन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।” उनले भने ।
अध्यक्ष दाहालले काँग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो । उनले भने, “म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाऊ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उति बेलादेखि नै माओवादी र काङ्ग्रेसबिच सहकार्य भएको हो ।”
उनले दुई तिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाए । उनले भने, “दुई पटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो रु फेरि किन दिने संविधान मिच्न रु अधिकार कुण्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।” उनले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए ।
बैतडीमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन्। प्रदेशसभा (१) मा काँग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा काँग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।
FACEBOOK COMMENTS